एन.आर.एन.ए. (गैह्र-आवासीय नेपाली संघ) क्यानडाको यही सन् २०१७ जुलाई २३ मा भएको राष्ट्रीय समन्वय समिति (NCC) प्रतिनिधी को निर्वाचनमा क्यानडा भर बाट निर्वाचित प्रतिनिधि ज्युहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना !!!
निर्बाचित हुनेहरुमा : दीपक श्रेष्ठ (क्युबेक), रमेश बानिया (अटवा -थन्डर बे) , करुण कार्की (वेस्टर्न अन्टारियो), रबिन्द्र घिमिरे (स्कारबोरो-मार्खम) चिरन्जिवी घिमिरे, बिनोद राना (टोरोन्टो), प्रमिला बस्नेत, सुर्य सापकोटा ( मिसिशागा), गोपी कृष्ण काफ्ले, राज कुमार महत, बिमला सापकोटा (ब्राम्प्टन), डा देवी अधिकारी (म्यानिटोबा), देबेन्द्र सुबेदी (सास्काचेवान), माधव दुलाल, दिनेश घिमिरे (क्यालगरी), सुभाश गिरी (एड्मन्टन) र चन्द्र अधिकारएे (ब्रिटिश कोलम्बिआ) हुनुन्छ।
यस ऐतिहासिक निर्वाचनलाइ सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्नुहुने निर्वाचन आयोगका पदाधिकारीहरू, निर्वाचनमा अहोरात्र खट्ने स्वयंसेवक तथा पत्रकार साथीहरू र सम्पुर्ण  मित्रहरुलाई बिशेष धन्यबाद । चुनाव स्वतन्त्र, निक्पक्ष एबम सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्नुभएकोमा प्रमुख निर्वाचन आयुक्त श्री चन्द्र राई ज्यु, सचिव श्री दुर्गा ब अधिकारीज्यु एबम स्थानिय निर्वाचन आयुक्तज्युहरु युब राज भण्डारी, अनुप सुबेदी, उमेश कोइराला, गोपाल भण्डारी, उत्तम के सि, बाल चन्द्र श्रेष्ठ, होम गर्तौला, भरत पौड्याल, डा कृष्ण चौधरी, राजेश पौडेल, राजेन्द्र गौतम र खेम दाहाल ज्यु एबम उहांहरुको टिममा रहेर निर्वाचन सम्पन्न गर्नुहुने सम्पूर्ण महानुभाबहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।
निर्वाचन मा उमेद्वार एबम मतदाताको रुपमा उत्साह्पूर्ण रुपमा भाग लिइ एन आर एन क्यानडाको चुनावी प्रकृयालाई अभुतपुर्व रुपमा सफल बनाउनुहुने सम्पूर्ण सदस्य एबम सहयोगी ब्यक्तित्वहरुमा हार्दिक धन्यवाद छ।
एन आर एन क्यानडाको आगामी अगस्ट ५ , २०१७ शनिवारका दिनमा टोरन्टोमा हुन गइरहेको अधिबेशनलाई भब्य तरिकाले हामी सबैको संयुक्त प्रयासमा सफलताका साथ सम्पन्न  गर्न हार्दिक आव्हान गर्दछौं।
एन आर एन क्यानडा एन सि सि परिवार