आदरणीय  क्यानाडाबासी नेपाली आमा, बुवा, दाजु ,भाई, दिदी बाहिनी तथा  क्यानाडा मा सक्रिय सम्पूर्ण  नेपाली संघ  सस्थामाहरुमा बाढीपीडितलाई सहयोगको हार्दिक अपिल !
  यो बर्षको निरन्तरको अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न माध्यमबाट अबगत भएकै छ।  हाल सम्म करिब 60  जना नेपाली ज्यान गुमाई  सक्नु भएको 2 दर्जन जति बेपत्ता  भएको र  घाइतेको अवस्था अझै गम्भीर छ I  झापा, मोरङ, धनुषा सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, कास्की  पाल्पा ,चितवन ललितपुर दाङ्ग   रौतहट, बारा, पर्सा, बाँके, बर्दिया सुर्खेत कालिकोट सल्यान कैलाली  सहितका  जिल्ला बाढीले जलमग्न भएका छन्। विद्युत् आपूर्ति केन्द्रमा बाढी प्रवेश गर्दा कतिपय जिल्ला विद्युतबिहीन बन्न पुगेका छन्। ती ठाउँमा बिजुली   मा मोबाइल चार्ज गर्नसक्ने अवस्था समेत छैन। बाढीले घर डुबाउँदा स—सना नानीका आमाहरु बच्चा बोकेर रुखमाथि चढेर ज्यान बचाउन विवश छन्।  पर्यटकीय क्षेत्र  मा समेत  गम्भीर र भयाभह  स्थिति छ I तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले ती क्षेत्रमा एक किसिमले मानवीय संकट उत्पन्न गराएको छ। अहिले सम्म कति नेपाली  दाजुभाई, दिदीबहिनी,हरुले बिपतमापरि अकालमा ज्यान गुमाईसकेको अबस्था छ | मातृभूमि नेपालमा  आइपरेको यो विपत प्रति  गैरआवसीय नेपाली संघ क्यानडाको  गम्भीर ध्यानाकर्षण भएको छ। विपतको घडिमा एकजुट भएर अप्ठ्यारा परिस्थिति सामना गर्नु नेपालीको विशेषतै हो। त्यसैले ती स्थानका नेपाली दाजुभाइ दिदीबिहनीहरुलाई उद्दारसँगै तत्काल स्वच्छ खानेपानी, खाद्यान्न एवं लत्ताकपडा पुर्याउनु पर्ने कर्तव्य हामी सामु खडा भएको छ। दुषित पानी र भोकमरीका कारण हुनसक्ने कहाली लाग्दो  अवस्थाको चित्र पानी गर्न कठिन छ I ती सबै कुराको  कर्तव्य बोध गर्दै  क्यानडाभरि  छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट मानवीय सहयोगका लागि अपेक्षा गर्दछौ। बाढी पीडितका लागि एन आर एन  क्यानाडाको  आपतकालीन  कोष मा सहयोग गर्न  सक्नु हुनेछ  |  अन्य जानकारीका लागि एन आर एन ए का सम्बन्धित क्षेत्र हरु क प्रतिनिधि संग  सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ

http://www.nrnacanada.org/campaigns/support-for-flood-victims-in-nepal/

 धन्यबाद |
 गोपी कृष्ण काफ्ले
अध्यक्ष
चिरन घिमिरे
महासचिब
एन आर एन ए क्यानडा