NRNA Canada would like to request all Nepalese communities and international communities living across Canada to donate money to support the victims of floods in Nepal. We all look forward to receiving your continuous support, constructive suggestions, and creative feedback in the times ahead! Thank you all once again.
$8,277.55 donated
124 Donors

बाढीपीडितलाई सहयोगको अपिल यो बर्षको निरन्तरको अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरो जाँदा जनधनको ठूलो क्षति हुन पुगेको कुरा हजुरहरु सबैलाई बिभिन्न्न माध्यामबाट अबगत भएकै छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही, सिन्धुली, सर्लाही, रौतहट, बारा, पर्सा, बाँके, बर्दियासहितका जिल्ला बाढीले जलमग्न भएका छन्। विद्युत् आपूर्ति केन्द्रमा बाढी प्रवेश गर्दा कतिपय जिल्ला विद्युतबिहीन बन्न पुगेका छन्। ती ठाउँमा विद्युत् अभावमा मोबाइल चार्ज गर्नसक्ने अवस्थासमेत छैन। बाढीले घर डुबाउँदा स—सना नानीका आमाहरु बच्चा बोकेर रुखमाथि चढेर ज्यान बचाउन विवश छन्। तीन दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढीले ती क्षेत्रमा एक किसिमले मानवीय संकट उत्पन्न गराएको छ। अहिले सम्म कति नेपालि दाजुभाई, दिदीबहिनी, भाई बैनिहरुले बिपतमापरि अकालमा ज्यान गुमाईसकेको अबस्था छ | मातृभूमि नेपालमा आइपरेको यो विपतप्रति गैरआवसीय नेपाली संघ क्यानडाको गम्भीर ध्यानाकर्षण भएको छ। विपतको घडिमा एकजुट भएर अप्ठ्यारा परिस्थिति सामना गर्नु नेपालीको विशेषतै हो। त्यसैले ती स्थानका नेपाली दाजुभाइ दिदीबिहनीहरुलाई उद्दारसँगै तत्काल स्वच्छ खानेपानी, खाद्यान्न एवं लत्ताकपडा पुर्याउनु पर्ने कर्तव्य हामी सामु खडा भएको छ। सो कर्तव्य बोध गर्दै क्यानडाभरि छरिएर रहेका सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ दिदीबहिनीहरुबाट मानवीय सहयोगका लागि अपेक्षा गर्दछौ।